मुस्ताङमा अंग्रेजी सर्ट मुभी ‘न्यू फ्रेन्ड इन नेपाल’ छायांकन

0

काठमाडौं । मुस्ताङमा चिसो बढिरहेको बेला अमेरिकन फिल्मी टोली शुक्रबार हेलिकोप्टरमार्फत जोमसोम आइपुगेको छ। मुस्ताङको मौलिक कलासंस्कृति, प्राकृतिक सौन्दर्य र यहाँ अवस्थित गुम्बाहरूको छायांकनका लागि अमेरिकन टोली मुस्ताङ पुगेको हो।

टोलीमा ५ जना अमेरिकी र एक जना फ्रान्सका नागरिक छन्। ग्रुर्टस प्रोडक्सन कम्पनी अमेरिकाले डकुमेन्ट्री फिल्म निर्माण गर्न लागेको हो।

यसको लागत ६० लाख रहने छ। यसका लागि अमेरिकी कम्पनीले काठमाडौं फिल्म कम्पनीसँग सहकार्य गरेको छ। यसको शाब्दिक अर्थ ‘नेपालमा मेरो नयाँ साथी छ’ भन्ने बुझिन्छ।

१५ मिनेटको सर्ट मुभी छायांकन हुने काठमाडौं फिल्मका निर्देशक चन्दन झाले जानकारी दिए। यसका लागि पाँच विदेशी टोलीसहित ५०/६० जना नेपाली फिल्म टेक्निसियन र केही नेपाली नयाँ कलाकारहरू मुस्ताङ आएका निर्देशक झाले बताए।

यसको छायांकन एक सातासम्म चल्ने छ। जोमसोम र कागबेनी क्षेत्रमा छायांकन गरिने उनको भनाइ छ।

यस चलचित्रमा पाँच जना बाल कलाकार छन्। मुभिले गुम्बा विद्यालयमा पढ्ने बालबालिकाहरू अनुशासित, भद्र र शालीन हुन्छन् भन्ने सन्देशसहितको सट मुभी छायांकन हुने व्यवस्थापक दिनेश प्रकाश बोहराले जानकारी दिए।

प्रकाशित मितिः २०७९ माघ ०८ आइतबार

Comments

comments

Share.
Loading...

Comments