शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘तिम्रो मेरो साथ’ले पायो दर्शकहरूको साथ

0

काठमाडौं ।  शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘तिम्रो मेरो साथ’ले दर्शकको राम्रो साथ पाएको छ । पहिलो दिनको तुलनामा उल्लेख्य दर्शकहरू तिम्रो मेरो साथ हेर्न हलसम्म पुगेका थिए ।

शनिवार अधिकांश हलहरू हाउस फुल छन् । केही हलहरूमा कलाकारहरू समेत दर्शकहरूमाझ पुगेका थिए । चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्मातामा पासाङ लामा र सह(निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा र संवाद रहेको छ ।शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

प्रकाशित मितिः २०७९ माघ ०२ सोमबार
 

Comments

comments

Share.
Loading...

Comments