नयाँ रियालिटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार जित्ने अवसर

0

काठमाडौं । पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो हुँदै छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगर–सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको हो ।

डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार विजेताले नगद पुरस्कार २५ लाखसहित कार र एक गीति एल्बम रेकर्डको मौका पाउनेछन् । ‘नेपाली गीत संगीतमा आफ्नो परिचय स्थापित गरिसकेका र गायनमा आफ्नो स्थान बनाएका गायक गायिकाहरुले शोमा भाग लिन सक्नेछन्’, उनले भने ।

आगामी नयाँवर्षको अवसर पारेर वैशाखबाट सुरु हुने नेपाल नेटवर्क टेलिभिजनमा यो शो प्रसारणमा आउनेछ । फ्रेन्चाइज रियालिटी शोहरुले बजारमा स्थान बनाई रहेको बेलामा नेपाल नेटवर्क टेलिभिजनले आफ्नै मौलिक शोहरु ल्याउने योजना बनाएको छ ।

प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments