हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको छायांकन सेटमै निधन

0

काठमाडौं । हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।

यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले भने–‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो । छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भयो । बेहोस भए लगतै उहाँलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उहाँलाई मृत घोषित गरिएको हो ।’

कलाकार रमेश केसीको अन्त्येष्टी पशुपति आर्यघाटमा गरिदैछ ।

प्रकाशित मितिः २०७८ असोज ०३ आइतबार

Comments

comments

Share.
Loading...

Comments