स्वारेजको गोलमा बार्सिलोनाको जीत

0

काठमाडौं । ला लिगा फुटबलमा बार्सिलोनाले एस्पान्योलमाथि एक शुन्य गोल अन्तरको कठिन जीत निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एस्पान्योलमाथि १–० को झिनो जित निकाल्दै शीर्षस्थानको म्याड्रिडसँगको अंक दुरी १ मा छोट्याएको छ ।

बार्सिलोनाको जीतमा लुइस स्वारेजले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । बार्सिलोनासँगको हारसँगै एस्पान्योल रेलिगेसनमा परेको छ भने बार्सिलोनाले उपाधि होडमा आफूलाई कायमै राखेको छ ।

यद्यपि रियलले एक खेल कम खेलेर ७७ अंक बनाएको छ । बार्सिलोनाको ३५ खेलबाट ७६ अंक पुगेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ असार २५ बिहिबार

Comments

comments

Share.
Loading...

Comments