बर्नलीको संघर्षपूर्ण जित

0

काठमाडौैं । प्रिमियर लिग फुटबलमा बर्नलीले संघर्षपूर्ण जित आत्मसाथ गरेको छ । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० को जित निकालेको हो ।

पाहुना टोली बर्नलीको जितमा बेन मिले ६२ औं मिनेटमा विजयी गोल गरेका थिए । दोस्रो हाफमा घरेलु टोली क्रिस्टलले बर्नलीमाथि दबाब सिर्जना गरेपनि गोल गर्न सकेन ।

जितसंगै बर्नलीले युरोपा लिग छनोटको दौडमा आफुलाई बलियो बनाएको छ । बर्नलीका प्रशिक्षक सिन डिकेले प्यालेस क्लबबिरुद्ध प्राप्त जितले युरोपा लिगमा छनोटको सम्भावना बढेको बताएका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसले अबरुद्ध सिजन पुन सुरु हुदै गर्दा बर्नली आफ्ना खेलाडीसंग अनुबन्धन बिस्तारमा चुकेको थियो । त्यसपछि क्लबले एकेडेमीका खेलाडीलाई लिएर सिजन अन्त्य गर्ने तयारीमा छ ।

Dwight McNeil (centre) impressed with several driving runs from a No 10 role at Selhurst Park

अबरुद्ध सिजन सुरु हुने बित्तिकै पहिलो खेलमा बर्नलीले म्यान्चेष्टर सिटीसंग ५–० ले हार ब्यहोरेको थियो । दोस्रो खेलमा क्रिस्टलबिरुद्ध जित निकाल्दै क्लब तालिकाको आठौं स्थानमा रहेको छ ।

बर्नली ४५ अंक सहित आठौं स्थानमा छ । युरोपेली फुटबलमा सिटीमाथिको प्रतिबन्ध यथावत रहेको खण्डमा बर्नली युरोपा लिगमा छनोट हुने सम्भावना थप बढ्नेछ । क्रिस्टल प्यालेस ४२ अंक सहित तालिकाको ११ औं स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७७ असार १६ मंगलबार

Comments

comments

Share.
Loading...

Comments