सिरि ए अगष्ट २० भित्र सक्ने

0

काठमाडौं । ईटालियन फुटबल महासंघले घरेलु फुटबलको अबरुद्ध सिजन अगष्ट २० भित्र सक्ने तयारी गरेको छ । महासंघले घरेलु फुटबलका शीर्ष तीन डिभिजनको लिग अगष्ट २० भित्र सक्ने गरि तालिका हेरफेरको गृहकार्यमा जुटेको छ ।

महासंघले सिरि एको अर्को सिजन भने सेप्टेम्बर १ बाटै सुरु गर्ने तयारी गरेको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण मार्चबाट चालू सिजन अबरुद्ध छ । सरकारले जुन १४ अगाडी कुनैपनि खेल गतिविधि सञ्चालन गर्न नपाउने बताएको छ ।

महासंघका प्रमुख कार्यकारी अधिकृत र तीनै डिभिजनको प्रमुखबीच चालू सिजनका खेलहरु सक्ने गरि तालिका परिमार्जनमा छलफल भएको छ । महासंघले कोपा ईटालिया समेत अगष्टको अन्त्यमा सक्ने गरि अघि बढ्ने अनुमती दिएको छ । ईटालीका खेल मन्त्री विन्सेन्जो स्पैदाफोराले मे २८ मा बस्ने परिषद्को बैठकले प्रतियोगिताको बारेमा थप निर्णय गर्ने बताएका छन् ।

‘ईटालियन फुटबल महासंघ आफ्नो व्यवसायीक प्रतियोगिता पुन सुरु गर्न र पुरा गर्न ईच्छुक रहेको व्यक्त गर्न चाहन्छ । अगष्ट २० मा सबै लिग सक्ने समय सिमा निर्धारण गरिएको छ ।’ महासंघले बिज्ञप्तीमार्फत भनेको छ । ‘अन्तिममा, सन् २०२०÷२१ को खेल सिजन सेप्टेम्बर १ बाट सुरु गर्ने सहमती बनेको छ ।’ उसले भनेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ ८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments