ओलम्पिक खेलकुद स्थगित नभए क्यानडाले आफ्ना खेलाडी नपठाउने

0

 काठमाडौँ । जापानको टोकियोमा यसै वर्ष आयोजना हुने ओलम्पिक खेलकुद स्थगित नभए क्यानडाले आफ्ना खेलाडी नपठाउने भएको छ ।

कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै क्यानाडाको ओलम्पिक कमिटिले जापानलाई ओलम्पिक एक वर्ष पछि सार्न अनुरोध गरेको छ । यदि ओलम्पिक तोकिएको मितिमा भए आफ्ना खेलाडीले सहभागिता नजनाउने समेत क्यानाडाले बताएको छ ।

टोकियो ओलम्पिक एक वर्ष पछि नसारे खेलाडी नपठाउने चेतवानी दिने क्यानडा पहिलो राष्ट्र हो । यस अघि विभिन्न खेलका सर्वोच्च संस्थाले भने ओलम्पिक सार्नु पर्ने बिषय उठाउदै आएको थियो ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तालिका रहेको छ । आयोजक जापानले भने ओलम्पिक निर्धारित समयमै गर्ने बताईरहेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि पनि टोकियो ओलम्पिक सार्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय समचार संस्थाले जनाएको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार

Comments

comments

Share.
Loading...

Comments