दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दोमा १२ सय खेलाडी सहभागी हुने

0

 काठमाडौं । दोस्रो एभरेस्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बिहीबारबाट सुरु हुने भएको छ । प्रतियोगिता एभरेस्ट तेक्वान्दो नेपाल शाखाले गर्ने जनाइएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेशका १२ सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा हुने प्रतियोगितामा पुरुष ग्योरोगी तर्फ ३८ र महिलातर्फ ३८ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुम्से विधामा पुरुषतर्फ १२ र महिलातर्फ १२ गरी कुल १ सय तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

जसमा १ सय १० स्वर्ण, १ सय १० रजत र २ सय २० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रथम हुने टोलीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् । दोस्रो हुने टोलीले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई जनही १०–१० हजार प्रदान गरिने प्रतियोगिता संयोजक सन्जिव फुयाँलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी ७ वटै प्रदेशका उत्कृष्ट तथा विपन्न डोजाङलाई १ लाख ५० हजार बराबरको सामग्री समेत प्रदान गरिनेछ ।

प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments