इन्ग्लिश क्लब एस्टन भिल्लाले स्पेनिस रेइनालाई अनुबन्ध

0

काठमाडौँ । इन्ग्लिश क्लब एस्टन भिल्लाले स्पेनिस गोलरक्षक पेपे रेइनालाई अनुबन्ध गरेको छ ।
स्पेन तथा लिभरपुलका पूर्व गोलरक्षक पेपेलाई एस्टनले लोनमा इटालियन क्लब एसी मिलानबाट अनुबन्ध गरेको हो ।

एस्टनले उनलाई यस सिजनको लागि लोनमा भित्र्याएको हो ।

स्पेनबाट विश्वकप जितिसकेका ३७ वर्षे पेपेले लिभरपुलका लागि ३९४ खेल खेलेका थिए । त्यसपछि उनले जर्मन क्लब वायर्न म्युनिख र इटालियन क्लब नापोलीबाट समेत खेलेका थिए । एजेन्सी

प्रकाशित मितिः मंगलबार २९ पौष

Comments

comments

Share.
Loading...

Comments