आर्मीले खेल सकिदाँ ५-१ ले बिजयी

0

काठमाडौं । गत सिजन सुरुवातमै आग्रता बनाएपनि संकटाले आर्मीलाई हराउन सकेन । सुरुवाती अग्रता बनाउपनि खेल सकिदाँ आर्मी ५-१ ले बिजयी बनेको थियो ।

शान्ति मिसनबाट फर्किएका टेकबहादुर बुढाथोकीले लिगकै उपविजेता बन्न सफल संकटालाई फराकिलो अन्तरले हराउन महत्वपुर्ण भूमिका खेलेका थिए ।

दुवै टिम नयाँ सिजनमा पुन एक पटक आमने सामने हुदैछन् । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

संकटाविरुद्ध जित निकाल्दै आर्मी लिग तालिकाको शीर्षस्थानमा उक्लन चाहन्छ । एक खेल कम खेलेको आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

यता, पुर्व उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ । अझ भनौ पाचौं स्थानमा उक्लिने अवसर सिर्जना गर्न चाहन्छ । एक खेल कम खेलेको संकटा ७ अंक सहित आठौं स्थानमा छ ।

संकटाविरुद्ध आर्मी पाचौं खेल जित्ने लक्ष्यमा छ । आर्मी लगातार चौथो जित निकाल्न चाहन्छ । लिगको दोस्रो खेलमा मनाङ मस्र्याङदी क्लबसँग पराजित भएपनि आर्मीले लिगमा राम्रो प्रभाव जमाएको छ ।

आर्मी क्लबका सहायक प्रशिक्षक तथा ब्यवस्थापक चुन बहादुर थापा हात नजिकै आएको उपाधिको सम्भावना खेर जान नदिने बताउँछन् ।

संकटाविरुद्ध तीन अंकका लागि खेल्ने बताउँछन् । ‘उपाधिको होडको शीर्ष स्थानमा आएका छौ । यो राम्रो मौका हो । यसलाई गुमाउन चाहन्नौं ।

संकटाविरुद्ध जित निकाल्दै पुन शीर्षस्थानमा उक्लने छौं ।’ उनी भन्छन् ।

आर्मीले अन्तिम खेलमा जर्ज प्रिन्स कार्कीको निर्णायक गोलमा सरस्वतीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

त्यसको दुई दिनपछिनै एक खेल बढि खेलेको मछिन्द्रले जावलाखेललाई समान १-० ले पराजित गर्दै शीर्ष स्थान ओगटेको थियो ।

लिगमा आर्मीले ४ खेलमा जित निकाल्दा एक खेलमा हार ब्यहोरेको छ । मनाङसँग १-० ले पराजित आर्मी फ्रेण्डसलाई २-१, हिमालयन शेर्पालाई २-०, थ्री स्टारलाई २-० र सरस्वतीलाई १-० ले पराजित गरेको थियो ।

संकटाविरुद्ध आर्मीका सबै खेलाडी उपलब्ध हुनेछन् । सरस्वतीविरुद्ध कप्तान भरत केहि समस्यामा देखिएका थए । डिफेन्डर विकाश खवासको खेल्ने नखेल्ने निश्चित भएको छैन । तर संकटाविरुद्ध पुरै सेट उतार्ने तयारी छ ।

संकटाविरुद्ध आर्मीले कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकेश कुथु, विकाश खवास, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल जस्ता स्टार खेलाडीलाई मैदान उतार्ने छ ।

संकटा पनि आफ्ना खेलाडीले विस्तारै लय समात्दै गएकाले आर्मीविरुद्ध जित निकाल्ने दाउमा छ ।

संकटाका प्रशिक्षक विजय महर्जन आर्मीविरुद्ध जित निकाल्न खेल्ने बताउँछन् ।

‘आर्मी बलियो टिम हो । हाम्रो खेलाडी पनि लयमा आईरहेका छन् । आर्मीविरुद्ध जित्नका लागि खेल्छौं ।’ उनी भन्छन् ।

अन्तिम खेलमा संकटाले एपीएफलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । पाँचौ खेलमा संकटाका लागि अजयी मार्टिन र कर्ण लिम्बुले गोलको खाता खोलेका थिए ।

आर्मीविरुद्ध संकटाले पुरानै सेट खेलाउने तयारी गरेको छ ।

राष्ट्रिय टिमका दुई खेलाडी सरोज दाहाल र मिडफिल्डर सुभाष गुरुङको साथ पाएको संकटा आर्मीविरुद्ध गतसिजन ब्यहोरेको हारको बदला लिन चाहन्छ ।

लिगमा दुई जित, दुई बराबर र एक खेलमा हार ब्यहोरेको संकटा आठौ स्थानमा रहेको छ ।

पहिलो खेलमा च्यासलसँग २-० गोल अन्तरले पराजित संकटा दोस्रो खेलमा एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो ।

तेस्रो खेलमा जावलाखेल युथसँग १-१ को बराबरी खेलेको उसले तेस्रो खेलमा पुलिससँग २-१ ले पराजित हुन पुगेको थियो । अन्तिम खेलमा भने एपीएफलाई पराजित गर्न सफल रह्यो ।

प्रकाशित मितिः मंगलबार २९ पौष

Comments

comments

Share.
Loading...

Comments