रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए

0

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले जर्मन क्लब बायर लिभरकुसेनलाई ३–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सले गोन्जालो हिग्युनको गोलबाट अग्रता लिएको थियो । जोनाथन ताहको गल्तीमा हिग्युनले १७ औ मिनेटमा उनले सिरि ए च्याम्पियनलाई अग्रता दिलाएका थिए । ६१ औ मिनेटमा फेडेरिको बर्नार्डेस्कीले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए ।

खेल सकिन दुई मिनेट बाँकी छदाँ क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । युभेन्ट्स दुई खेलबाट ४ अंक जोड्दै समुह डीको शीर्ष स्थानमा रह्यो । लिभरकुसन अंक विहिन हुदै पुछारमा छ ।

प्रकाशित मितिः २०७६ असोज १५ बुधबार

Comments

comments

Share.
Loading...

Comments