ग्रिनउडकाे गाेलमा युनाईटेडको जित

0

काठमाडौं । युरोपा लिग फुटलबमा म्यान्चेष्टर युनाईटेडले काजकिस्तानको एफसी अस्टनालाई हराएको छ । युवा खेलाडी मासन ग्रिनउडले सिनियर टिमबाट पहिलो गोल गर्दै घरेलु मैदानमा युनाईटेडलाई जित दिलाएका हुन् ।

बराबरीतर्फ उन्मुख खेलको ७३ औ मिनेटमा ग्रिनउडले युनाईटेडका लागि गोल गरेका थिए । त्यसअघि मार्कुस रासफोर्डले धेरै गोलका प्रयास असफल भएका थिए । गोलपछि पनि युनाईटेडले निरन्तर गोलका अवसर गुमाएको थियो ।

समुह एलमा रहेको युनाईटेडले पहिलो खेलमै ३ अंक जोडेको छ । अस्टना अंक विहिन हुदै तालिकाको पुछारमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments