एम्बाप्पेको दुई गोलमा पीएसजीको जित

0

काठमाडौं । केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले फराकिलो जित निकालेको छ । प्रि–सिजन टूरको पहिलो खेलमा पीएसजीले जर्मन क्लब डायनामो ड्रेसडेनलाई ६–१ गोल अन्तरले हराएको हो ।

दोस्रो डिभिजनको जर्मन क्लबविरुद्व फराकिलो जित निकाल्दै पीएसजीले प्रि–सिजनको सुखद सुरुवात गरेको हो ।

खेलको छैटौ मिनेटमा केलियन एम्बाप्पेले पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । जुलियन ड्रेक्सलरले १८ औ मिनेटमा लिग वान क्लबको अग्रतालाई दोब्बर बनाए ।

३४ औ मिनेटमा केलियन एम्बाप्पेले डायनामोको डिफेन्स लाईनलाई विट गर्दै व्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफमा ३ गोलले अगाडी बढेको पीएसजीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

४८ औ मिनेटमा आर्थर जाग्रेले पीएसजीका लागि चौथो गोल गरे । ६१ औ मिनेटमा वीरगिलु पोस्टोलाचीले क्लबकालागि पाचौ गोल गरे । त्यसको १० मिनेट पछाडी आदिल अछुतेले पीएसजीलाई ६–० को स्थितीमा पुर्याएका थिए ।

७६ औ मिनेटमा मौसा कोनले पेनाल्टीमा एक गोल गर्दै डायनामो ड्रेसडेनको हार अन्तर घटाउने काम गरेका थिए ।

भर्खरै पेरिस पुगेका ब्राजिली स्टार नेयमार भने टिममा सहभागी छैनन । उनले क्लब छाड्ने बिषयमा पीएसजीका पदाधिकारीसंग छलफल गरिरहेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ साउन १ बुधबार

Comments

comments

Share.
Loading...

Comments