कर छलीको आरोपमा रिकार्डो कार्वाल्होलाई ८ महिना जेल सजाय

0

एजेन्सी, २२ असोज । कर छलीको आरोपमा चेल्सी तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर रिकार्डो कार्वाल्होले ८ महिना जेल सजाय पाएका छन् । स्पेनको एक अदालतले रियल म्याड्रिडमा रहँदा तस्विर प्रयोगको अधिकारबाट कमाएको करिब ५ सय हजार युरो बराबर कर छलेको आरोपमा उनलाई ८ महिना जेल सजाय र १ लाख ४२ हजार युरो जरिवाना सुनाइएको हो । उनलाई १२ महिना जेल सजाय हुने भएपनि गल्ति स्विकारे पछि ८ महिनामा झारिएको हो ।
स्पेनमा हिंसा बाहेकका आरोपमा २ वर्षभन्दा थोरै समयको जेल सजाय माफ हुने भएकाले कार्वाल्होले जेल भने बस्नु पर्ने छैन । हाल उनि चीनको शंघाई एसआईपिजीसँग आबद्ध छन् ।
हाल स्पेनिस फुटबलका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पनि कर छलीको मुद्धामा परि सकेका छन् ।

Comments

comments

Share.
Loading...

Comments