लिभरपुलका मिडफिल्डर फाबिन्होले एफए कप फाइनल गुमाउने

0

काठमाडौं । लिभरपुलका मिडफिल्डर फाबिन्होले एफए कप फुटबलको फाइनल खेल गुमाउने भएका छन् ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले फाबिन्होले एफए कप फाइनल गुमाउने पुष्टि गरेका छन् ।

लिभरपुलले एफए कपको फाइनलमा चेल्सीको सामना गर्नेछ । वेम्बली स्टेडियममा हुने फाइनल खेल शनिबार हुनेछ ।

ब्राजिलियन मिडफिल्डर फाबिन्होले प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाविरुद्धको खेलमा चोट बोकेका थिए । उनले ह्यामस्ट्रिङको चोट बोकेको बताईएको छ ।

यस्तै फाबिन्होले प्रिमियर लिग अन्तर्गत बाँकी दुई खेल गुमाउने छन् । एजेन्सी

प्रकाशित मितिः २०७९ बैशाख ३० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments