नाडाल अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

0

काठमाडौं । पाँचौं वरीयताका स्पेनिस टेनिस स्टार राफेल नाडाल अस्ट्रेलियन ओपनको पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेका छन् । नाडालले मेलर्बनमा मंगलबार भएको निकै प्रतिस्पर्धात्मक पहिलो क्वाटरफाइनलमा १४ औँ वरीयताका क्यानेडियन खेलाडी डेनिस शपोभालोभमाथि ३-२ सेटको रोमाञ्चक जित हात पारेका हुन् ।

नाडालले सुरुवाती दुई सेट ६-३ र ६-४ ले जिते पनि त्यसपछिका दुई सेट ४-६ र ३-६ ले गुमाएपछि खेल पाँचौं तथा अन्तिम सेटसम्म पुगेको थियो ।

पाँचौं सेट ६-३ ले आफ्नो पक्षमा पर्दै नाडालले सेमिफाइनलमा स्थान सुरक्षित गरे । नाडालले फाइनल प्रवेशका लागि गाएल मोनफिल्स र माटियो बेरेट्टिनीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments