आहा रारा गोल्डकप: क्वार्टरफाइनलको अन्तिम खेलमा आज आर्मी र थ्रीस्टार भिड्दै

0

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार त्रिभुवन आर्मी फुटबल क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछन् । पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजेपछि सुरु हुनेछ।

आजको खेलको विजेताले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग बिहीबार खेल्नेछ। यसअघि काठमाडौमा भएको ए डिभिजन लिगमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।

त्यसको एक महिना पछि नै आर्मी र थ्रीस्टार आमनेसामने हुन लागेका हुन् । प्रतियोगिताको उपाधि विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments