भुटानविरुद्ध पहिला बलिङ गर्दै नेपाली महिला टोली

0

काठमाडौं । आईसीसी ट्वान्टी–२० महिला विश्वकपमा एसियाली छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले भुटानविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीको ग्राउन्ड टुमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो ।

यसअघि, नेपाल पहिलो खेलमा हङकङविरुद्ध ६ विकेटले पराजित भएको थियो । भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो ।

६ टोली सहभागी एसियन क्वालिफायरबाट विजेता एक टोली मात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको छ । नेपालले अब सबै खेल जितेर मात्र पुग्दैन, अरू टोलीको नतिजा पनि आफूअनुकूल आउनुपर्छ ।

प्रकाशित मितिः २०७८ मंसिर ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments