७.४८ अङ्‌कले ओरालो लाग्यो नेप्से

0

काठमाडौं । पुँजी बजार मापक नेप्से साताको तेस्रो कारोबार दिन आज (मङ्‌गलबार) ७.४८ अङ्‌कले ओरालो लागेको छ। आज जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ५१.६६ अङ्‌कले घट्न पुग्यो। साथै, निर्जीवन बिमा कम्पनी समूहको सूचक पनि ४८.८ अङ्‌कले र बैंकिङ समूहको सूचक १०.३६ अङ्‌कले घट्न पुग्यो।

उक्त दिन कूल १२ समूहमध्ये ५ समूह (टेड्रिङ, अन्य, फाइनान्स, विकास बैंक र होटल समूह) को सूचक बढेको छ भने ७ समूहको सूचक घट्न पुग्यो। नेप्से घटेर १२६३.३८ अङ्‌कमा आइपुगेको छ।

उक्त दिन १ अर्ब २ करोड ६४ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भयो। यो अघिल्लो दिन भन्दा निकै कम हो। अघिल्लो दिन १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँ बराबारको सेयर किनबेच भएको थियो।

आज प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा बढी ११ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार नागरिक लगानी कोषको सेयर भएको छ। उक्त कोषको ७ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

तेस्रो बढी कारोबार हुनेमा एनआइसी एसिया बैंकको सेयर रहेको छ। उक्त बैंकको २ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार

Comments

comments

Share.
Loading...

Comments