काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९३४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका मात्र ७४७ ,भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष र ललितपुरमा ४७ महिला र ६७ पुरुषमा संक्रमण पुष्टि भएका छन् ।
पछिल्लो २४ घण्टायता देशभर भने १५१३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको मन्त्रालयले जनाएको छ।
हाल मुलुकमा २०३९६ जना कोरोना संक्रमित रहेका छन्। त्यसमध्ये ९६८९ जना संगस्थागत र १०७०७ जना होम आइसोलेसनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा १०८९१ वटा पीसीआर परीक्षण भएको छ। क्वारेन्टिनमा ५७७८ जना रहेका छन्। हाल २१३ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७३१ जना निको भएका छन्। निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा ४९१ संक्रमितको मृत्यु भएको छ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments