भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउन जनचेतनाको कमिका कारण भक्तपुरमा केही ब्यक्तिहरु खुल्ला रुपमा हिँडडुल गर्न पछि परेका छैनन् ।
आजबाट सरकारले गरेको लकडाउनमा सबै नेपालीहरुले सजकता अपनाइरहेता पनि भक्तपुरमा फाट्फुट् समूह बनाएर हिँडेको पाइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पान्डे भन्छिन्, भक्तपुरमा कोरोनाको ब्यवस्थापनमा सरकारले जारी गरेको निर्देशन अनुसार काम भइरहेको र सबैलाई घरभित्रै सुरक्षित भएर बस्नुहोस् ।
अत्यावश्यक बस्तुका खरिदका लागि बिहान दुई घन्टा र बेलुका दुई घन्टाको समय छुट्याईएको र त्यस समयमा समेत हुल नगरि सामान खरिद गर्न प्रशासनले आग्रह गरेको छ ।
सरकारले जारी गरेको निर्देशनको सबैले पालन गरि घर भित्रै बस्नुका साथै समूहगत रुपमा हिँडडुल गर्ने काम हुनु जनचेतनको कमि भएको समेत उनले बताइन् । कफ्र्युको समय नभएर लकडाउनमा निश्चितता अपनाइने भएकाले सबैले यसको पालना गरिदिन समेत उनले आग्रह गरिन् ।
भक्तपुरका बिभिन्न अस्पताल कोरोना संक्रमित देखिएमा तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिँदै यसको ब्यवस्थापनमा सबै पक्ष मिलेर लागेको छौ ।
प्रकाशित मितिः२०७६ चैत्र ११ मंगलबार
Comments