लम्जुङ। सुन्दरबजार नगरपालिका–७ पाउदीको ओरालोमा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् ।
बेशीशहरबाट इट्टा लिएर गोरखाको सदरमुकामतर्फ जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस नियन्त्रण गुमाएर सडकबाट करिब १ सय मीटर तल खस्दा अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन बाँकी छ ।
७ जना घाइतेमध्ये उपचारको लागि ५ जनालाई चितवन र १ जनालाई पोखरा पठाइएको छ भने १ जना स्थानीय अस्पतालमा उपचार गरी डिश्चार्ज भइसकेका छन् । बस चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रकाशित मितिः २०७६ मंसिर २२ आइतबार
Comments