दमौली । आज बिहान माइक्रो बस र बस ठोक्किदा दुईजनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ मनहरीमा दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो बस र पोखराबाट सुनौली तर्फ जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस आपसमा ठोक्किदाँ माइक्रो बसमा सवार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा व्यास नगरपालिका– ११ का सरस्वती कुँवरको भएको र अर्को एकजाना महिलाको भने सनाखत हुन सकेको छैन । घाइतेहरूलाई थप उपचारका लागि पोखरा लगिएको छ ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments