कञ्चनपुर २७ साउन । महाकाली नदीमा पानीको बहाव बढेपछि गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारीसाधनको अवागमन बन्द गरिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले आइतबार दिउँसो १२ वजेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधनको अवागमन बन्द गरेको हो ।
महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्ने बित्तिकै भारतीय पक्षले पुलमा गाडी आवातजावत बन्द गर्दै आएको छ । मध्यान्ह १२ वजे महाकाली नदीमा पानीको बहाव एक लाख ८ हजार क्युसेक मापन गरिएको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
Comments