विराटनगर २७ साउन । विराटनगर महानगरपालिकामा अज्ञात समूहले बम विस्फोट गराएको छ।आज दिउँसो करिब २ बजेतिर बम विस्फोट भएको हो। नगरपालिकाका मेयरको आगन्तुक कक्षमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कसले बिस्फोट गराएको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । विस्फोटनका कारण कोठामा सामान्य क्षति पुगेको एसपी केसीले बताए। बम विस्फोटन भएको समयमा मेयर भने आगन्तुक भेटघाटमा नै थिए।
Comments