काठमााडौं, २९ असार । मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत संस्था के. आई नेपालले ७ जिल्लामा संचालित शाखा कार्यलय चितवन, पर्सा, कपिलवस्तु, रुपन्देही, विरगंज, विराटनगर, झापा साथै नयाँ दिल्ली भारतमा एकैसाथ संस्थाले विगत ६ महिनाको अवधिमा हासिल गर्न सफल सम्मान तथा पुरस्कारलाई महत्वपूर्ण उपलव्धिको रुपमा लिई विभिन्न कार्यक्रम मार्फत खुशियाली व्यक्त गरेको छ ।
केन्द्रीय स्तरमा संस्थापक अध्यक्ष श्री सम्झना सापकोटाको प्रमुख आतिथ्यता तथा जिल्ला स्तरमा स्थानीय निकाय, विभिन्न संघसंस्थाको प्रतिनीधि तथा नेपाल प्रहरी लगायत विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागितामा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको चैत्र १२ को मन्त्रीस्तरको निर्णय बमोजिम मानव बेचबिखन र ओसारपसार विरुद्धको राष्ट्रिय समिति सदस्य, हाम्रो सोच हाम्रो भविष्य, न्यु दिल्ली भारतले वर्षको उत्कृष्ट सामाजिक संस्था र Cripps Courage Award-2018, एटलान्टा, , एटलान्टा, अमेरिकाद्वारा मानव बेचविखन प्रभावितको दिगो व्यवस्थापनमा उत्कृष्ट सामाजिक संस्था भएकोमा के आई नेपाललाई सम्मान गरेको जानकारी कार्यक्रम मार्फत गराइएको थियो ।
केही महिना अगाडि के।आई। नेपालले गर्दै आइरहेको कामको सम्वन्धमा सिमानाकामा अनुगमन गरेकी कपिलवस्तु नगरपालिका उपप्रमूख सवनम खातुनले के. आई. नेपालले गरेको कामको प्रशंशा गर्दै यस किसिमको राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मानबाट संस्थालाई थप काम गर्न उर्जा मिलेको तथा अझ प्रभावकारी रुपमा काम सम्पन्न गरी सफलता हासिल गर्दै मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गरी बेचबिखन रहित समाज निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताइन ।
मानव बेचबिखनको बदलिदो स्वरुपले मानव बेचबिखनका घटनाहरु दिनप्रतिदिन बढदै गईरहेकोमा आफू लगायत स्थानीय निकायले यस्ता घटनालाई न्युनिकरण गर्नको लागि आवश्यक सहयोग गर्न तयार रहेको रुपन्देही, कपिलवस्तु, पर्सा, बाँके, विराटनगर, झापा, चितवन, लगाएतका स्थानीय निकायले प्रतिवद्धता व्यक्त गर्दै अवको दिनमा थप प्रभावकारी बन्दै जाओस भनि शुभकामना तथा बधाई दिइन ।
विगत १० वर्षदेखि देशको विभिन्न सीमानाका लगायत भारतको नयाँ दिल्ली र अन्य तेस्रो मुलुबाट समेत प्रभावितहरुको उद्धार स्वदेश फिर्ती, सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्दत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको यस संस्थाले ६ महिनाको अवधिमा ८२८१ जनालाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको एवं ३८९ जना महिला तथा बालबालिकाहरुको उद्वार गरेको छ ।
विभिन्न सीमानाकाबाट उद्वार गरिएका ३६१ महिला तथा किशोरीलाई परिवारमा पुनर्मिलन गराई परिवारको खुशि फर्काउन सफल यस संस्थाले सुरक्षित आवास गृहमा राखि २८ जना महिला तथा किशोरीलाई सीप विकास तालिम यही ६ महिनाको अवधिमा संस्थाले प्रदान गरेको छ । भारत लगायत अन्य मुलुकबाट उद्वार तथा स्वदेशफिर्ती गरिएका ११जना महिला, किशोरी तथा बालकलाई स्वदेश फिर्ती गरी पारिवारिका पूनर्मिलन तथा सीप विकास तामिममा सहभागि गराउन सफल भएको साथै के आई नेपालको सहयोगमा ३२ जना प्रभावितद्वारा ३८ जना प्रतिवादी विरुद्ध १८ वटा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि मुद्दा, ४ वटा जबरजस्ती करणी सम्बन्धि मुद्दा, २ वटा सार्वजनिक मुद्दा, १ वटा किर्ते कागज सम्बन्धि मुद्दा विभिन्न जिल्लामा दर्ता गरिएको जानकारी संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भटराईले जानकारी दिए ।
संस्थागतरुपमा प्रथम पटक आयोजना गरिएको यस कार्यक्रमबाट संस्थालाई थप जिम्मेवारी बढेको महसुस गर्दै भारतको नयाँ दिल्लीमा समेत संस्थाको काम प्रभावकारी भएको र बेचबिखन प्रभावित महिला तथा किशोरीलाई बेचिएका कोठीबाट समेत उद्धार गरी परिवारमा खुशि फर्काउन सफल भएकोमा आफु लगाएत संस्था सफल भएको धारणा संस्थापक अध्यक्ष सम्झना सापकोटाले व्यक्त गरेकी थिईन ।
Comments