काठमाडौं । कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा जनमत पार्टीका १० जना कार्यकर्ता पक्राउ परेका छन् । खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशवहालाई दुर्व्यवहार गरेको आरोपमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि प्रदर्शन गरेका छन् । उनीहरू अहिले कार्यालय अगाडि धर्नामा बसेका छन् ।
आज दिउँसो जनमतका नेता तथा कार्यकर्ताहरूले कर्मचारी कुशवहालाई कार्यालयबाट अर्धनग्न बनाएर नगर परिक्रमा गराएका थिए । कर्मचारी कुशवहाको शरीरमा जनमतका नेता तथा कार्यकर्ताहरूले हिलो दलिदिएका थिए ।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments