काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ५ , ललितपुरमा २६ र काठमाडौंमा १३२ जना रहेका छन् ।
गत २४ घण्टामा ४ हजार १ सय जनाको पिसिआर परीक्षण गर्दा २ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ९८ हजार १ सय ६७ पुग्दा नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ७ सय ६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ जना रहेको छ । त्यस्तै, यो अवधिमा ७४ जना कोरोनामुक्त भएका छन् । योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८ दशमलव २५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार
Comments