काठमाडौं । उत्तर कोरियाले यस वर्ष टोकियोमा आयोजना हुने ओलम्पिकमा सहभागी नहुने भएको छ। कोरोनाभाइरसको चिन्ताको कारणले ओलम्पिकमा भाग नलिने निर्णय लिईएको उत्तर कोरियाको खेल मन्त्रालयले जनाएको छ।
सन १९८८ मा दक्षिण कोरियामा सम्पन्न ओलम्पिक पछि उत्तर कोरियाले ओलम्पिकमा भाग नलिने निर्णय गरेको यो पहिलो पटक हो।
आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म जापानको राजधानी टोकियोमा गृष्मकालीन ओलम्पिक खेलको आयोजना हुदैंछ। यो प्रतियोगिता गत वर्ष आयोजना हुने निश्चित गरिएको थियो। तर कोरोना भाईरसको संक्रमणले विश्वनै तहसनहस भैसकेपछि ओलम्पिकको आयोजना स्थगित गर्न जापान बाध्य भएको थियो।
यसपाली पनि ओलम्पिक कसरि सम्पन्न होला भनि खेलकुदसंग जानकार व्यक्तिहरुले चिन्ता प्रकट गरिरहेका छन। जापान जसरि भएपनि यो खेल आयोजना गर्ने पक्षमा रहेको छ। हाल ओलम्पिक ज्योति जापानका विभिन्न शहरमा परिक्रमा गराईदैंछ। तर ओलम्पिक ज्योति लगिएका स्थानहरुमा दर्शकहरुको उपस्थितिकालागि रोक लगाईएको छ।
नेपालले पनि ओलम्पिकमा भाग लिन तयारी गरिरहेको छ। हाल नेपाली जुडो खेलाडीहरु ओलम्पिककै तयारीका सिलसिलामा किर्गिस्तानको बिस्केकमा आयोजित अन्तराष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन गईरहेका छन। काठमाडौंमा करांते,म्याराथुन दौड लगायतका खेलमा खेलाडीहरुले अभ्यास गरिरहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २४ मंगलबार
Comments