काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियसभाको रोष्टममै थुकेका छन् । आइतबार संघीय संसदको राष्ट्रियसभा बैठकमा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले आफ्नो १ घन्टा लामो भाषणका क्रममा रोष्टममै थुकेका हुन् ।
परराष्ट्रमन्त्री प्रदेश ज्ञवाली आगामी १४ तारिखमा भारत भ्रमणमा जान लागेको प्रसंग बोलिरहँदा प्रधानमन्त्रीले थुकेको भिडियोमा देख्न सकिन्छ । भाषणका क्रममा मुखमा केही अड्किएपछि उनले जिब्रो चलाएको भिडियोमा देख्न सकिन्छ ।
‘१४ तारिखमा हाम्रो परराष्ट्रमन्त्री(निहुरिएर ‘थु’ गर्दै) माननीय प्रदीप ज्ञवाली जी भारत भ्रमणमा जाँदै हुनुहुन्छ उहाँले नेपाली भूभाग नक्सामा छापिएका विषयहरुसमेत विभिन्न विषयहरुमा छलफल गर्नुहुनेछ ।
संसदको राष्ट्रियसभा र प्रतिनिधिसभामा बैठक चल्दै गर्दा मर्यादामा रहनुपर्ने मान्यता रहेको छ ।
प्रकाशित मितिः २०७७ पुस २६ आइतबार
Comments