काठमाडौं २९ मंसिर । दक्षिण तर्फको छिमेकी देश भारतले बिगतका निर्वाचनको नतिजासँगै जति छिटो स्वागत गथ्र्यो यो बर्ष ढिला गरि स्वागत गरेको छ ।
प्रतिनिधिसभाका सबै स्थानको निर्वाचन परिणाम सार्वजनिक भएको एक दिनपछि भारतले आफ्नो धारणा सार्वजनिक गरेको हो । स्वागतसँगै भारत सरकार नेपालमा बन्ने नयाँ सरकारसँग काम गर्न आतुर रहेको जनाएको छ । भारतको विदेश मन्त्रालयका प्रबक्ता रवीश कुमारले नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्वृद्धि होस् भन्ने भारतको चाहना रहेको जनाएका छन् ।
लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको समेत जनाइएको छ । नेपालको आर्थिक सम्वृद्धि र नेपाल भारत सम्बन्धका सबै पक्षमा सहयोग गर्न भारत हरपल तयार रहको बताइएको छ ।
Comments