एजेन्सी, २ पुस । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार १६ औं खेल जित्दै कीर्तिमान बनाएको छ । सिटीले एकै सिजनमा लगातार सबैभन्दा धेरै खेल जित्दै कीर्तिमान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको होडमा आफूलाई उभ्याउँदै आएको टोटनह्यामलाई ४–१ ले हराएर सिटीले यो कीर्तिमान बनाएको हो ।
सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा इल्के गनडोगन र केविन डि ब्राउनले एक एक गोल गरे । टोटनह्यामका लागि क्रिष्टियन एरिक्सनले एक गोल गरे ।
जितपछि लिडर म्यानचेस्टर सिटीले १४ अंकको अग्रता लिएको छ । सिटीको १८ खेलबाट ५२ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३८ अंक छ । पराजित भएको टोटनह्याम ३१ अंकसहित सातौं स्थानमा छ ।
लियो म्यानचेस्टर सिटीले १४ अंकको अग्रता
0
Share.
Comments