एजेन्सी, २५ साउन । म्यानचेस्टर युनाइटेडलाई हराउँदै रियल मड्रिडले युएफा सुपर कपको उपाधि जितेको छ । म्यानचेस्टरलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको हो ।
मेसेडोनियाको फिलिप द्वितिय एरिनामा गएराति भएको खेलमा खेलको २४ औं मिनेटमा मिडफिल्डर क्यसेमिरोले गोल गरेपछि म्याड्रिडले खेलमा अग्रता लिएको थियो । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । यस्तै युनाइटेडका लागि लुकाकुले ६२ औँ मिनेटमा गोल गरे ।
युनाइटेडले आउँदो आइतबार वेस्ट हाम युनाइटेडसँग र मड्रिडले आउँदो आइतबार नै स्पेनिस सुपर कपमा बार्सिलोनासँग खेल्दै छ ।
सुपर कप उपाधि रियल म्याड्रिडलाई
0
Share.
Comments