काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला ७ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
बुधबार ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ७ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ मंसिर ०४ बिहिबार
Comments