काठमाडौं । लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजबाट दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ । कोरोनाको संक्रमण नियन्त्रण गर्ने उदेश्यका साथ जारी गरेको लकडाउनसँगै दोस्रो बजार बन्द भएको थियो ।
विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको शेयर बजारको गुनासो ब्यवस्थापनका लागि हेल्प डेस्क समेत स्थापना गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले आजबाट शेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले आजबाट शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो । । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।
बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक दुई घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिने बताइएको छ ।
प्रकाशित मितिः २०७७ बैशाख ३० मंगलबार
Comments