काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा लाभांश घोषणा गरेको भन्दै नेप्सेले सोमबारदेखि सेयर कारोबार रोक्का गरेको हो ।
सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ । बजार खुला भएको बेला सेयर मूल्यमा प्रभाव पार्ने सम्वेदनशील सूचना सार्वजनिक गर्न पाईंदैन । यसैकारण नेप्सेले यस कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकण मागेको हो ।
प्रकाशित मितिः २०७९ माघ ०९ सोमबार
Comments