काठमाडौं । कालिञ्चोक दर्शनले भोलि (मंसिर) देखि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा जानेहरुका लागि आइपीओ जारी गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत कोटा छुट्याएसँगै कालिञ्चोक दर्शन लिमिटेडले आइपीओमा आरक्षण छुट्याएको हो ।कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।
लगानीकर्ताले कम्पनीको आइपीओमा मंसिर २८ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउनेछ।
प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार
Comments