काठमाडौं । सेलपे सेवाले नेपालको ई–कमर्स प्लेटफर्म खेती फुडसँग सहकार्य गरेको छ । आफ्ना प्रयोगकर्तालाई सहजता प्रदान गर्न नाम दिइएको यस सेलपे खेती अफर असार ११ गते देखि सुरु भएको हो ।
अफरअन्तर्गत् सर्वसाधारणले खेती एप वा वेब एप्लिकेसनबाट कुनै पनि सामान खरिद गरी सेलपे बाट भुक्तानी गरे ५० प्रतिशतसम्मको डिस्काउन्ट कुपनका साथै १ हजार रुपैयाँभन्दा माथि रकमको सामानको खरिदमा १ किलो टमाटर सितैमा पाउने छन् । सेलपे खेती अफरमा सहभागी भई डिस्काउन्ट कुपन पाउनको लागि खेती एप्प वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्नेछ ।
प्रकाशित मितिः २०७७ असार १४ आइतबार
Comments