काठमाडौं, ३ फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओली प्रधानमन्त्री नियुक्त भएका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले विहीवार विहान राष्ट्रपति समक्ष पत्र बुझाएका थिए । ओलीको शपथ ग्रहण आजै चार बजे गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Comments