चैतभित्र सबै विषयगत कार्यालय स्थानीय तहमा

0

भक्तपुर, माघ । अव स्थानीय तहबाटै स्थानीयहरुले चैतबाट विषयगत कार्यालयहरुको सेवा लिन सक्ने छन् । देश संघियतामा प्रवेससँगै विषयगत कार्यालयबाट आगामी चैतभित्र स्थानीय तहमा हस्तान्तरण हुने भएकाले उनीहरुले उत्तल सेवा लिन सक्नेछन् । स्थानीय सरकार सञ्चालन ऐनको दफा १०४ मा ऐन जारी भएको छ महिना भित्र जिल्लाका विषयगत कार्यालय स्थानीय तहमा हस्तान्तरण भइ सक्नुपर्ने उल्लेख छ । ऐन गत भदौमा जारी भएको थियो ।

ऐनमा नेपाल सरकारका विषयगत मन्त्रालयहरुले संविधान र ऐन बमोजिम गाउँपालिका र नगरपालिकाको प्राप्त अधिकारलाई आधार मानी यो ऐन जारी भएको छ महिनाभित्र आफू मातहतको निकायहरुको संगठन संरचना पुनरावलोकन गरी गाउँपालिका र नगरपालिकाको कार्य जिम्मेवारी सम्बन्धित निकायको नाममा रहेको सम्पत्ति, दायित्व र बजेट सम्बन्धित गाउँपालिका र नगपालिकामा स्थानान्तरण हुने गरी आवश्यक व्यवस्था गर्नुपर्ने भन्ने उल्लेख छ ।

चैत २८ गतेभित्र जिल्लामा रहेका कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, घरेलु तथा साना उद्योग, खानेपानी, डिभिजन सडक कार्यालय, सहकारी, पशु, भू –तथा जलाधार, जल उत्पन्न प्रकोप नियन्त्रण, मालपोत र नापी लगायतका विषयगत कार्यालय जिल्लामा खारेज भई स्थानीय तहमा हस्तान्तरण भइ सक्नुपर्नेछ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ऐन अनुसार अनिवार्य विषयगत कार्यालयहरु स्थानीय तहमा गइसक्नुपर्ने छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ ऐनले चैत २८ गतेभित्र जिल्लाका विषयगत कार्यालयहरु स्थानीय जानुपर्ने उल्लेख भएकाले सोही अनुसार गर्नुपर्ने बताए ।

उनका अनुसार विषयगत कार्यालयमा थुप्रै भौतिक सम्पत्ति भएकाले उक्त भौतिक सम्पत्तिको दाबी जिल्ला समन्वय समिति र सम्बन्धित जिल्लाका स्थानीय तहले दाबी गरेका छन् । उनले भने, –‘उक्त भौतिक सम्पत्तिको अधिकार कसरको हुने भन्ने ऐनमा स्पष्ट उल्लेख नभएकाले सरकारले जे निर्णय ग¥यो सोही अनुसार हुन्छ ।’ स्थानीय तहका लागि आवश्यक पूर्वाधार, बजेट र कर्मचारी व्यवस्थापन, विषयगत कार्यालय स्थानीय तहमा हस्तान्तरण लगायतका विषयलाई मन्त्रालयले प्रस्ताव तयार गरी क्याबिनेटमा लैजाने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

जिल्ला समन्वय समिति महासंघ नेपालका अध्यक्ष सीताकुमारी सुन्दासले जिल्लाका विषयगत कार्यालयहरु स्थानीय तहमा गएपछि जिल्लामा भएका भौतिक संरचना र जिन्सी सामानको अधिकार समन्वय समितिको हुनुपर्ने दाबी गरिन् ।
उनले भनिन्, –‘जिल्ला समन्वय समिति जिल्लाका सबै स्थानीय तह, जिल्लामा रहने केही कार्यालय र प्रदेश सरकारसँग समन्वय गर्ने निकाय भएकाले जिल्लामा भएका विषयगत कार्यालयको भौतिक र जिन्सी सामानहरु समन्वय समितिको स्वतः हक लाग्छ ।’
जिल्ला प्रशासन कार्यालय, महानगरिय प्रहरी परिसर, जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, जिल्ला समन्वय समिति र कोष तथा लेखा नियन्त्रण कार्यालय भने जिल्लामा नै रहनेछन् ।

सबै विषयगत कार्यालय स्थानीय तहमा हस्तान्तरण भइसकेपछि स्थानीय तह सम्बन्धित गाउँपालिका र नगरपालिकाको प्रमुख प्रशासकीय केन्द्र बन्नेछ, सेवाग्राहीले स्थानीय तहबाटै हाल जिल्लाबाट प्राप्त गरेका सबै सेवा प्राप्त गर्न सक्नेछन । गाउँपालिका महासंघ ३ नं. प्रदेश एवं दोलखा स्थित तामाकोशी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले विषयगत कार्यालय स्थानीय तहमा आएपछि त्यहाँको भौतिक सम्पत्ति सम्बन्धित गाउँपालिका र नगरपालिकाको हुने बताए । चालु आर्थिक वर्षमा भने विषयगत कार्यालयका करिब ४० देखि ५० प्रतिशत बजेट, योजना र कार्यक्रम स्थानीय तहमा गईसकेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション