भक्तपुर, २३ माघ । चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेलमा रहेको फर्निचर उद्योगमा आज बिहान आगोलागी भएको छ ।
स्थानिय राजेश मचामसीले संचालन गरेको राजेश फर्निचर उद्योगमा आज बिहान साढे २ बजे अचानक बिद्युत सर्ट भई आगोलागी हुँदा रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
आगोलागीबाट काठ, प्लाई, बन्न लागेको दराज, मेसिन, रंग, ग्यास सिलिण्डर लगायत सामानहरु जलेर नष्ट भएको उनले जानकारी दिए ।
आगोलागी भएपछि नेपाल प्रहरी, बारुणयन्त्र भक्तपुर र स्थानीय बासिन्दाको सहयोगमा करिब सवा तीन बजे आगो नियन्त्रणमा लिइएको थियो ।
Comments