एनसेल खरिदबिक्री प्रकरण : चलखेल नै चलखेल

0

काठमाडौं, ८ असोज । एनसेल खरिदबिक्रीमा कर नलगाउनुमा सरकारले नै खुला भ्रष्टाचार गरिरहेको छ । कर लगाउने विषयमा सरकारलाई दबाब दिन जानकारहरू सक्रिय भइरहेका छन् । मोबाइल सेवा प्रदायक एनसेलमा रहेको स्वामित्व स्विडेनको टेलियासोनेराले मलेसियाको एक्सिएटालाई बिक्री गर्न लागेकोले त्यसमा कर लगाउने सम्बन्धमा नागरिक समाजले पनि यसअघि नै बहस चलाएको थियो ।

तर, सरकारी उदासीनताले अहिले पनि उक्त बहसले सार्थकता पाउन सकेको छैन । उनीहरूले कर लगाउने पर्याप्त आधार भएकाले त्यसैअनुसार गर्न पनि यसअघि नै सरकारलाई सुझाव दिएका थिए । आयकर ऐन ०५८ ले स्पष्ट रूपमा कर लगाउने अधिकार एनसेल खरिदबिक्रीका विषयमा ठूला करदाता कार्यालयलाई दिएको र करदाता कार्यालयले गर्नुपर्ने पूर्वमुख्यसचिव विमल कोइरालाले बताएका छन् ।

एनसेलको स्वामित्व स्विडेनको टेलियासोनेरा कम्पनीले मलेसियन एक्जियटा ग्रुप बर्हदलाई बिक्री गर्दा नेपाल सरकारलाई पुँजीगत लाभकर तिनैपर्ने प्रावधान छ । तर, टेलियासोनेरा कम्पनीले भने कानुनी छिद्र देखाउँदै विदेशमा गरिएको कारोबारको कर नेपालमा तिर्नु नपर्ने दाबी गरिरहेको छ ।

यो प्रकरणमा सरकार, राजनीतिक दल र प्रशासनको मौनताका कारण मिलेमतोमा एनसेललाई उन्मुक्ति दिई अर्बौं राजस्व सरकारलाई घाटा लगाउन कतिपय व्यक्ति लागि परेको खुलेको छ । यसको विरोधमा नागरिकस्तरबाटै कर तिराउने दबाबका लागि सामाजिक सञ्जालमा समेत ‘एनसेल बहिष्कार’ सम्ममा अभियान चल्न थालेको जानकारहरू बताउँछन् । डेढ दशकअघि १० करोड अधिकृत पुँजीमा स्थापित कम्पनीको स्वामित्व १ खर्ब ३६ अर्बमा बिक्री हुँदा बढेको पुँजीबापतको करिब ३४ अर्ब आयकर एनसेलले सरकारलाई तिर्नुपर्ने देखिएको छ ।

उक्त कर नतिर्नका लागि लगानीकर्ताले लामो समयदेखि रणनीतिक चालबाजी गरिरहेको बुझिएको छ । टेलियाको रणनीति सन् २०११ को जुन र २०१२ मेमा दुईपटक गरी एनसेलको माउ कम्पनी टेलियासोनेराले अर्को सेवा प्रदायक नेपाल स्याटेलाइट ९हेलो नेपाल० को बहुमत सेयर सहायक कम्पनीमार्फत खरिद गरेको थियो ।

टेलियासोनेराको २०११ को वार्षिक प्रतिवेदनले पनि नेपाल स्याटेलाइटमा ७५ प्रतिशत लगानी गरेको कम्पनी एअरबेल सर्भिस लिमिटेडको ५० प्रतिशत सेयर खरिद गरेको उल्लेख छ । नेपाली कम्पनी नेपाल स्याटेलाइटको स्वामित्व पटक पटक किनबेच हुँदा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, कर कार्यालयसहितले आँखा चिम्लिरहेका छन् । नेपाल स्याटेलाइट मात्र होइन, एनसेल र स्मार्ट टेलिकममा पनि तहगत अफसोर सेल कम्पनी खडा गरी विदेशमा पटकपटक कारोबार भइरहेको बताइएको छ । तर, सरकार यहाँ पनि चुप बसकेको कारण एनसेल बलियो बन्दै गएको स्रोतले बताएको छ ।

टेलियासोनेराले सेन्ट किट्समा दर्ता भएको रेनोल्ड होल्डिङस् नामक अफसोर कम्पनीमार्फत सन् २००८ र २००९ मा स्वामित्व लिएर तत्कालीन मेरो मोबाइललाई एनसेल नाममा री–ब्रान्डिङ गरेको हो ।कर छल्न मात्र खडा गरिएका सेल कम्पनीले अर्बौंको कारोबार गर्ने एनसेलको स्वामित्व राखिरहँदा र कारोबारसमेत गरिरहँदा किन सरकार चुपचाप रहनुमा नै मिलेमतोको आशंका देखिएको स्रोतले जानकारी दिएको छ ।

०५८ मा स्थापित स्पाइस नेपालका नाममा स्थापित एनसेलको स्वामित्व थुप्रैपटक परिवर्तन भइसकेको छ । तर, एउटै सेयर मूल्यमा कारोबार भएकाले एकाधपटक बाहेक स्वामित्व बिक्रीमा लाभकर तिरिएको छैन । एनसेल राजनीतिक पहुँच र लाभमै हुर्किएको जानकारहरू बताउँछन् । भारतीय व्यापारिक समूह मोदी कर्पका प्रतिनिधिलाई तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहले अपहरण गरी स्पाइस नेपालको ५५ प्रतिशत स्वामित्व हत्याएको आरोप उतिबेलै लागेको थियो ।

उपेन्द्र महतोदेखि निरजगोविन्द श्रेष्ठ, राजबहादुर सिंह र भावनासिंह श्रेष्ठ एनसेलको अपारदर्शी कारोबारसँग जोडिएको बताइएको छ । एक कम्पनीको अनुसन्धानलाई आधार ठान्ने हो भने पनि गतवर्ष नै यो टेलियासोनेरासहितका कम्पनीले उज्वेकिस्तानमा राष्ट्रपति पुत्रीलाई घुस दिएर अनुमतिपत्र लिएको खुलासा गरेको थियो ।

नेपालमै पनि यो कम्पनीले अनुमति नवीकरण शुल्क २० अर्ब नतिर्न, फ्रिक्वेन्सी ओगट्न, भन्सारमा कर छलेबापत राजस्व न्यायाधीकरणबाट पाएको दण्ड एवं भूकम्प राहतका नाममा उपकरण ल्याएको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६८ मै टेलियासोनेरा र हेलो नेपालका कारोबारमाथि छानबिन थालेको थियो । तर, अनुसन्धान कहाँ पुग्यो रु अहिले पनि कसैलाई पत्तो छैन । स्रोतले भन्यो, ‘अहिले अख्तियारमा ती फाइल खोज्दासमेत भेटिँदैनन् ।’

अख्तियारले राजबहादुर सिंहको लगानी रहेको अर्को दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको विवादमा उद्योग विभाग र कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई पक्राउ गरेको थियो । यसले अख्तियार पनि एनसेल कर प्रकरणको एक हिस्सा भएको जानकारहरू बताउँछन् । अख्तियारले त्यतिबेलाको फाइलमा विशेष अनुसन्धान गर्न चासो नदेखाएकै कारण अहिले एनसेलमा थप घोटाला भइरहेको स्रोतले जानकारी दिएको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション