काठमाडौं, २४ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित १० जना मेयर साताव्यापी कोरिया भ्रमणमा गएका छन् । पोखरा, बुटवल, विराटनगर, बनेपा सहितका १० नगरपालिकाका मेयर शुक्रबार राती कोरिया तर्फ प्रस्थान गरेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए।
२५ र २६ गते हुने मेयर फोरममा सहभागी हुन नेपालबाट १० जना मेयर त्यसतर्फ गएको महानगरपालिकाले बताएको छ । उनीहरु २० गते स्वदेश फर्कने कार्यक्रम छ। उक्त कार्यक्रममा विश्वभरिबाट मेयरहरु आउने र स्मार्ट सिटीबारे छलफल हुने बताइएको छ।
विकसित देशका मेयरहरु समेत सहभागी हुँदा स्मार्ट सिटी र विकासबारे बुझ्ने र कोरियाका स्मार्ट सिटीहरु अवलोकन गर्न पाउने भएकाले यो मेयरहरुको भ्रमण महत्वपूर्ण मानिएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन समेत जापानकबाट सिधै कोरियातिर आउने कार्यक्रम रहको बताईएको छ। स्मार्ट सिटी बनाउने योजना बनाएका मेयर शाक्यको पदबहाली भएपछिको यो पहिलो विदेश भ्रमण हो।
Comments