काठमाडौं । जापानका एकजना वरिष्ट खेलाडीको निधन भएको छ । सन १९९२ मा स्पेनको बार्सिलोना सम्पन्न ओलम्पिकमा स्वर्ण पदक जितेका जापानी जुडो खेलाडी तोशिहिको कोगाको ५३ वर्षको उमेरमा निधन भएको जापानी टेलिभिजन एनएचकेले समाचार सार्वजनिक गरेको छ। खेलाडी कोगालाई गत वर्ष क्यान्सरको उपचार गरिएको थियो।
उनको निधन प्रति शोक व्यक्त गर्दै जापान सरकारकातर्फबाट समवेदना प्रकट गरिएको छ। बार्सिलोना ओलम्पिकमा जापानी टीमका कप्तान रहेका कोगाले खेलकाक्रममा घुँडामा चोट लागे पनि स्वर्ण पदक जितेका थिए। स्वर्गीय कोगाले वार्सिलोनामा लाइटवेट स्वर्ण पदक र सन १९९६मा अटलान्टा ओलम्पिकमा रजत पदक जितेका थिए ।
प्रकाशित मितिः २०७७ चैत्र १९ बिहिबार
Comments