सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, १९ माघ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ। हिजो फाइन सुन (९९.९ प्रतिशत शुद्ध) प्रतितोलाको मूल्य ५४ हजार ९ सय रुपैयाँ रहेकोमा आज २ सय रुपैयाँले बढेर ५५ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै स्टाण्डर्ड सुन (९९।५ प्रतिशत शुद्ध)को मूल्य ५४ हजार ८ सय रुपैयाँ रहेको छ।
चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ८ सय १० कायम रहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
