काठमाडौं । इंग्लिस क्लब एभर्टनले नयाँ घरेलु रंगशाला निर्माण गर्ने भएको छ ।
एभर्टनले नर्थ लन्डनस्थित ब्राम्ले मोरमा नयाँ रंगशाला बनाउने भएको छ । नयाँ रंगशाला निर्माणका लागि एभर्टनलाई सरकारले अनुमति समेत दिएको छ ।
एभर्टनको नयाँ रंगशाला ५२ हजार ८ सय ८८ दर्शक क्षमताको हुनेछ । नयाँ रंगशाला सन् २०२४ मा निर्माण भईसक्ने एभर्टनले जनाएको छ ।
एभर्टनले गुडिसन पार्कलाई घरेलु रंगशालाको रुपमा प्रयोग गर्दै आईरहेको छ ।
सन् १८९२ बाट एभर्टनले गुडिसन पार्कलाई घरेलु मैदानमा रुपमा प्रयोग गरिरहेको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १४ शनिवार
Comments