मुम्बइ आक्रमणका मुख्य योजनाकार नजरबन्दमा
एजेन्सी, १८ माघ । भारतको मुम्बइमा सन् २००८ मा भएको आक्रमणको मुख्य योजनाकार हाफिज सईदलाई पाकिस्तानले नजरबन्दमा राखेको छ । जमात–उद–दावाका प्रमुख सईदलाई सन् २००८ मा एक सय ७४ जनाको ज्यान जाने गरी मुम्बइमा भएको आक्रमणको मुख्य योजनाकार मानिएको छ ।
लाहोरमा रहेको उनकै कार्यालयबाट उनी पक्राउ परेको बिबिसीले जनाएको अमेरिकाले पनि सईदलाई सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बइ आक्रमणको प्रमुख योजनाकार मान्दै आएको छ । उनी बिद्रोही संगठन लश्कर–ए–तोयबाका पूर्व प्रमुख पनि हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
