सिस्टम अपग्रेडपछि लाइसेन्सको काम पुनः सुरु
काठमाडौं, १७ माघ ।अनलाइनबाट लाइसेन्सको आवेदन दिने काम पुनः सुरु भएको छ। सफ्टवेयर अपग्रेड तथा अप्टिमाइजेसनका कारण झण्डै एक साता रोकिएको काम आजबाट पुनः सुरु भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए।
‘नयाँ सर्भिस थपिएसँगै सिस्टम अपग्रेड गर्नुपरेकाले केही दिन काम रोकिएको थियो, आजबाट भने अनलाइनबाट आवेदन दिन सक्नेगरी सम्पूर्ण रुपमा काम सुरु भएको पाण्डेले बताए। हाल भक्तपुरको जगाति, स्वयम्भू र सुकेधारामा कार्यालय थप गरी लाइसेन्स वितरणको काम भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
