टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु
काठमाडौं । मोरङको कटहरी गाउँपालिका-३ स्थित सडकमा को.१ ख ४७८३ नम्बरको टिपरको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय बच्चु डुम रहेका छन्।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मितिः २०७७ चैत्र ९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
